मनमा अचम्मै दोधार भईरहेको थियो जान पाउछु कि पाउदिन भनेर । तर मनमा एउटा निश्चय गरेको थिए, अलिकति पनि समय मिल्यो भने जसरी जान्छु भनेर । माईजूलाई आफैले प्लेन चढाएर पठाउनुपर्ने थियो, त्यसमाथि फ्लाईट दिनको १ बजे थियो । अब कसरी जाने? मनमा अनेक द्वन्द् चल्यो । बिहान देखिनै काकाबाको निरन्तर ट्वीटरमा भएको रोपाईँमा जाने खबर प्रवाहले मनमा झन्झन् उथलपुथल पारिरहेकै बेलामा बिहान १० बजेतिर भुवन दाईलाई फोन गरेँ, रोपाईमा कति बेला जाने भनेर? साढे बाह्र बजे जाने भनेर भन्नु भयो । सोचेँ दाईलाई केहीबेर कुर्न लगाएर सँगै जानुपर्यो र त्यसै भने। एअरपोर्ट जाने मेलोमेसो मिलाउँदै गर्दै गर्दा हजुरआमा गाडी लिएर माईजूलाई एअरपोर्ट लैजान आई पुग्नुभयो अनि त मलाई के खोज्छस काना आखो भईगयो ।
दुईभाई बानेश्वर, सुन्धारा, लैनचौर, बालाजु हुदै कुमार फुँयाल(पागलबस्ती)को खेतको बाटो गोलढुंगातिर लागियो । बालाजु त पुगियो तर जाने बाटो कता हो कता केही मेसो पाईएन अनि बालाजुको अष्टनारायण हलभन्दा अलि माथि पुगेपछि सोधखोज गरियो गोलढुंगा जानेबाटोको र केही गोलमटोल दिशा पाईयो अनि धेरै हिलो थोरै पीच बाटो खल्ट्याङखुल्टुङ गर्दै हुईकियौ स्कुटरमा । फोनबाट काकाबालाई फोन गरेँ, बिदुर फुयाँलको घर जाने बाटो सोध्दै आऊ भन्नुभयो अनि केही माथि पुगेपछि एउटा पसलमा एकजना बुढो मान्छेलाई सोधयो बिदुर फुयाँलको घर । बुढा बाले 'बिदुरेको घर उ त्यो हो' भनेर टीनको छाना भएको घर देखाईदिए तर बाटो भने निकै तलबाट रहेछ घुमेर जानुपर्ने भयो । बाटोमा जादै गर्दा एकजना बुढो मान्छेलाई पारी जाने बाटो सोध्यौं, उनले 'यो पाटी मैले आफ्नै खर्चमा बनाको' भनेर उत्तर दिए । कान सुन्न नसक्ने रहेछन् उनी र उनले त्यस्तो उत्तर दिए भनेर उनीप्रति कुनै गुनासो मानेनौ हामीले । हामी लाग्यौ कुमार फुयाँलको घरतिर, पुग्नै लाग्दा उकालो हिले बाटोमा एउजना बच्चा बोकेको महिला उभिएकी थिइन र पुरूष मान्छे मोटरसाईकल धकेल्दै थिए, हामीले पनि स्कुटर रोक्यौं र यसो नियाल्यौ र चिनिहाल्यौ ट्वीटरका लेन्दाई अर्थात लेनिन बन्जाडे रहेछन् साथमा भएका उनकी श्रीमती र छोरा रहेछन् । कुमार फुयाँलको घरमाथिको अर्को घरमा स्कुटर राख्यौ अनि लेन्दाई, भाउजू अनि छोरा सँगसँगै कुमारजीको घर पुग्यौ ।
काठमाण्डु शहरको भीमकाय कंक्रीटको जंगल छाडेर त्यो हरियालीमा पुग्दा मन साँच्चै रोमान्चक बनेको थियो । नागार्जुन जंगलको छत्रछायामा जीवन्त बनेर उभिएको कुमारजीको घर देखेर मेरो आफ्नो घरको न्यस्रो मेटियो । आफ्नै घरका जस्ता बाख्रापाठा, उस्तै गोठ, उस्तै माहौल अनि उस्तैउस्तै जीवन । मेरै घरको जस्तै कुमारजीको पनि घरै अगाडी खेत रहेछ खेतमा हामी पुग्यौ ।
खेतमा एउटा गरोमा धान रोपिदै थियो, केही महिला रोप्दै हुनुहुन्थ्यो, कोही हातमा कोदाली लिएर बाउसे गर्दै, कोही आलीमा बसेका क्यामरा बोकेर। म बाहेक सबका सब एक अर्कामा परिचित थिए त्यहा उपस्थित भएकाहरू, मैले व्यक्तिगत रूपमा चिनेको एउटा भुवन दाई अनि भर्खरै चिनेको लेन्दाई, भाउजू अनि छोरा तर मन कताकता उत्साहित भईरहेको थियो । काकाबालाई त देख्नासाथ चिनिहालेँ, अरूसँग पनि भुवनदाईले चिनाईदिनुभयो यिनी केपी हुन् ट्वीटरमा ध्वजे हेण्डल भाका भनेर अनि काकाबा र पागलबस्तीले ट्वीटरमा भाको मेरो बायोको कुरा गर्नु भयो अनि अरूसँगै लागियो कोदाली बोकेर धान रोप्ने गरोतिर ।
हातमा कोदाली बोकेर बाबाजी, जनकजी, अनन्तजीहरू पहिले नै गरोभित्रै हुनुहुन्थ्यो, कुमारजी आउने जतिलाई टीका लगाईदिदै हुनुहुन्थ्यो । कोहीले बाउसे गरियो, कोहीले धान रोपियो । साथीहरू माटो सम्याउने निहुँमा पानीमा माटो फ्याँकेर अरूलाई रूझाईदिनुहुन्थ्यो बेलाबेलामा । काकाबा, भुवन, जनक जी, अनन्तजी लगायतसँग हिलो छ्यापाछ्याप गरियो, धेरै रमाईलो भएको थियो ।July 1, 2012
असार १५: गोलढुङ्गाको रोपाइ-एक सम्झना ।
Subscribe to:
Post Comments (Atom)
बाइक ठेल्ने विचरो लेन्दाइ :D :D
ReplyDeleteयस्तो रमाइलोमा सहभागि हुन भाग्यमै लेखेर ल्याउनु पर्दो रैछ....के गर्नु आफुसँग यसपटक त्यो भाग्य रैनछ..
ReplyDeleteगजब
ReplyDeleteरमाइलो त गजब गर्नु भयो लेख पनि गजब कैछ
ReplyDeleteएस्पाली सारै मिस गरियो आउन खुब मन थियो तर लेखेकै हुनुपर्ने रैछ येस्तो रमाइलोमा सरिक हुन :(
ReplyDelete