June 17, 2012

गजल


आफ्नो भन्नु यही चुरोट हातमा जल्छ मेरो
यसकै साथमा सुखदुख सँगै चल्छ मेरो

आशा खोज्छु बिहानीमा अनि आगो सल्काउँछु
निराशामा धिपधिप गर्दै खुशी बल्छ मेरो

आकाशको बाटो गरी अग्लिएर उड्छ धुँवा
कालो पर्दा फैलाएर जूनतारा छल्छ मेरो

स्वाट्ट पार्छु फेरि तान्छु आनन्दमा रमाउँछु
अझ तान्ने आकांक्षा यो अनायास गल्छ मेरो

अघिल्तिर बस्छ एष्ट्रे ठुटा थाप्न पर्खिएर
आफैलाई हुत्याएर जिन्दगानी ढल्छ मेरो

-२४जेठ२०६६, कोटेश्वर, काठमाण्डु ।

No comments:

Post a Comment