June 24, 2012

गजल

तिमी रातका तारा खसाएर आऊनू
बेलीचमेली भई बसाएर आऊनू

जूनेलीमा चाँदनीको चमक पोतेर
अंगअंग यौवन टसाएर आऊनू

अर्ध मौन ओठ बोकी अलि मुस्काउँदै
साँझपख मलाई हँसाएर आऊनू

घरकाले साँझमा बाहिर नजा भन्लान्
चाँडै आउँछु भनी फसाएर आऊनू

प्यासी छु म बर्षौदेखि तड्पिएर बाँचे
मेट्नु छ आजै तिर्खा रसाएर आऊनू

-असार २८, २०६६, कोटेश्वर, काठमाण्डु ।

1 comment:

  1. राम्रो छ ! तर शब्दका बान्की अली सहज बनाउनु, सलल बगोस !

    ReplyDelete