June 6, 2012

मैले देश खोजे
मैले नेता खोजे
मैले काम खोजे
पसिना बगाउने ठाउँ खोजे
पाखुरी बजार्ने कारखाना खोजे
मैले खाना खोजे
एक धरो कपडा खोजे
तर कसैले म बसेको देश मेरै होइन भन्दिदैछ
देश चकला पारेर मेरो अस्तित्व मेटाइदिदैछ
म भौतारिदैछु चौपट भएर किनकि मेरो नेतृत्व छैन
मलाइ बेरोजगार बनाइएको छ
हरेक दिन त्रासमा बाचिरहेछु म किनकि
गुण्डा र लुटेराहरू सुरक्षा मन्त्री छन् यो देशमा
युद्ध आयात गरेर जनता मार्ने क्रान्तिकारीहरू छन
भ्रष्ट्राभारमा लिप्त समाजबादीहरू छन्
देश चोइट्याउन ठेक्का लिएका दलालहरू राष्ट्रबादी छन्
हर निमेष निमेषमा मरिरहेछन देशभक्तहरू
लासहरूले दास बनाइरहेछन हामीलाई
हामीलाई निसर्त आत्मसमर्पण गर्न लगाइदैछ
हे! युवाहरू हो
के अब पनि जाग्नु पर्दैन हामी ।

No comments:

Post a Comment